फागुन १८,काठमाडौँ । समृद्धिको लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज काठमाण्डौ जिल्लाको बाङ्गेमुढामा आफ्नो शाखा संचालनमा ल्याएको छ । आज एक कार्यक्रमका बीच सिभिल बैंकका अध्यक्ष ई. ईच्छाराज तामाङ्ग तथा काठमाण्डौ महानगरपालिका वडा नं. २५ का अध्यक्ष निलकाजी शाक्यले संयुक्त रुपमा सिभिल बैंक लिमिटेडको बाङ्गेमुढा शाखाको समुद्घाटन गरेका थिए ।
सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत भुरुङ्गखेल स्थित प्रभात माध्यमिक विद्यालयलाई कक्षाकोठा मर्मतसंभार तथा सजावटको लागि पच्चिस हजार रुपैँया आर्थिक सहयोग प्रदान गरिएको थियो । सो सहयोग रकम सिभिल बैंकका अध्यक्ष ई. ईच्छाराज तामाङ्गद्वारा प्रभात माध्यमिक विद्यालयकी प्रतिनिधि सुरभि श्रेष्ठलाई प्रदान गरिएको थियो ।
बाङ्गेमुढा शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा ाबैंकका अध्यक्ष तामाङ्गले उक्त अवसरमा बैंक आर्थिक उन्नतिको सहयात्री भएको कुरा उल्लेख गर्दै यस क्षेत्रको समग्र आर्थिक विकासको लागि सिभिल बैंकले स्थानीय निकाय तथा उद्यमी ब्यवसायीसंग सहकार्य गरी अगाडी बढ्ने बताए ।
त्यसैगरी काठमाण्डौ महानगरपालिका वडा नं. २५ का अध्यक्ष निलकाजी शाक्यले त्यस क्षेत्रमा सिभिल बैंकले आफ्नो शाखा विस्तार गरि सो क्षेत्रको सामाजिक तथ ाआर्थिक उन्नतीमा टेवा पु¥याउने कुरामा विस्वस्त रहेको बताए । उक्त समारोहमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले त्यस क्षेत्रका वचतकर्ता तथा उद्दमी व्यवसायीहरुलाई उच्चस्तरीय बैंकिङ्ग सेवा सुविधा उपलव्ध गराउने प्रतिवद्घता जनाए ।
उक्त शाखाको उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गाना, नेपाल प्रहरी जनसेवा, बिशाल बजारका प्रहरी नायब उपरिक्षक सुनिलजंग शाह लगायत, जनसेवा टा«फिक प्रहरी निरिक्षक गोविन्द राउत लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो ।
सिभिल बैंकको हालसम्म ४३०,००० भन्दा बढी ग्राहकहरु रहेकोकरीवरु. ५३अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु. ५२अर्व कर्जा लगानी गरेको र यस बैंकको नेपालभर कुलशाखासंख्या १११पुगेकोे पनि बैंकलेजनाएको छ ।