फागुन १८,काठमाडौँ । आइडिया फर नेपालले आफ्ना विभिन्न ब्यबसायिक परियोजनाहरूमा लगानी गर्न चाहनेहरूका लागि औपचारिक रुपमा ढोका खोलेको छ। मध्यपूर्व क्षेत्रको दुबइमा आयोजना गरिएको एक औपचारिक कार्यक्रम बिच सो क्षेत्रका नेपाली ब्यबसायी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले सामूहिक रुपमा रिबन काटी दिप प्रज्वलन गरेर लगानीका लागि ढोका खुल्ला गरिएको उदघोष गरे। आइडिया फर नेपालका अध्यक्ष गोकर्ण श्रेष्ठले नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमा संचालन गर्न लागिएका परियोजनाहरू बारे जानकारी दिँदै नेपालीहरू ब्यबसायिक क्षेत्रमा संसारमै चिनिन सक्ने भएकाले अब ब्यबसायिक एकतामा जोडिन सबैलाई आग्रह गरे । नेपालमा कृषी, पर्यटन, प्रविधी र भौतिक पूर्वाधारका क्षेत्रमा ज्यादै सम्भावना भएकाले यस क्षेत्रका विभिन्न परियोजनाहरूमा लगानी गरेर छोटो समयमा प्रतिफल लिन सकिने गरी लगानीका लागि अवसर खुल्ला गरिएको बताए।
उनले बिगत २० बर्षदेखि हङकङ, बेलायत, अफ्रिकामा प्राप्त व्यवसायिक अनुभवलाई नेपालमा प्रयोग गरी बिश्व भरी रहेका नेपालीलाई उद्यमशीलतामा जोड्न चाहेको बताए । आइडिया फर नेपालीकि अन्तर्राष्ट्रिय निर्देशक चिङ चिङ सेले नेपाल ब्यबसायका लागि ज्यादै सम्भावना बोकेको उर्बर भूमि भएकाले अन्तर्राष्ट्रिय स्तरका ब्यबसायी र नेपाली समुदायलाई एक साथ अघि बढ्न आग्रह गरिन् । संसार भरी छरिएका नेपालीहरूलाई आफ्नो सीप र लगानी दुबै लिएर भावी सन्तानको भविष्यका लागि आफ्नै देश नेपाल फर्किन सुझाव दिइन् । कानुन बिभाग प्रमुख हेमराज पोखरेल उपाध्यायले नेपालमा निजी क्षेत्रमा लगानी गर्ने वातावरण बन्दै गएको हुँदा संसार भर छरिएका नेपाली समुदायले अब नेपालको आर्थिक बिकासका लागि पनि सोच्ने बेला आएको बताए। हरेक लगानी कर्ताको लगानीलाई कानुन सम्मत ब्यबस्थापन गरिने हुँदा ढुक्क रहन आग्रह समेत गरे।
दुबइको एभरेस्ट क्लबको सभाकक्षमा मध्यपूर्व क्षेत्रका ब्यबसायीहरूको बाक्लो उपस्थितिमा आयोजित अन्तर्राष्ट्रिय बहुपरियोजना शुभारम्भ कार्यक्रममा ब्यबसायीहरूले आइडिया फर नेपालले श्रमिकदेखि ब्यबसायीसम्मलाई समेटेर लगानीको ढोका खोलेकोमा खुसी ब्यक्त गरे । जनजाती महासंघका अध्यक्ष महेश मोक्तान,गैर आवसिय नेपाली संघ युएइ राष्ट्रिय समिती का उपाध्यक्ष तथा आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष पासाङ शेर्पा,गैर आवसिय नेपाल संघ ,कतार राष्ट्रिय समितिका अध्यक्ष मोहोम्मद मुक्तदा मुसलमान,गैर आवासिय नेपाल संघ मध्यपूर्व संयोजक प्रबिण गुरुङ,उप–संयोजक तथा आइडिया मध्य पूर्वका नव नियुक्त निर्देशक मनोज गोर्खाली,प्रवासी नेपाली एकता मन्च,यूएईका अध्यक्ष बाबुराम बिक,जनसम्पर्क समिति, यूएईका सभापति भवानी प्रसाद तिम्सिना, सामाजिक अभियन्ता तथा ब्यबसायी पूर्ण गुरुङ लगायतले प्रवासमा रहेको पुँजीलाई निजी क्षेत्र मार्फत अब एकजुट भइ राष्ट्र निर्माणमा जुट्ने समय आएको कुरामा जोड दिए।
विभिन्न देशमा ब्यबसाय गरी अनुभव प्राप्त ब्यबसायीहरूको लगानीमा तीन बर्ष अघि नेपाललाई आधार क्षेत्र बनाइ स्थापना भएको आइडिया फर नेपाल र यसकै भातृ कम्पनी एन आर एन पार्ट्नर्सले हालसम्म विभिन्न २१ वटा कम्पनीमा लगानी गरी सकेको छ।आइडियाका प्रवन्ध निर्देशक शिरोमणि दवाडीका अनुसार यस बर्षदेखि आइडिया पार्किङ, आइडिया होटल, आइडिया कफी, आइडिया थ्रीडी, आइडिया ट्राभल, आइडिया होटल एमिनेटिज लगायतका परियोजनालाई विभिन्न देशमा एकसाथ सुरु गर्दैछ।