फाल्गुण २१, काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । बुधबार सुनको मूल्य तोलामै २२ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले बुधबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ८० हजार पाँच सय र तेजाबी सुनको मूल्य ८० हजार तीन सय रुपैयाँ तोकेको छ ।
मंगलबार बजारमा सुनको भाउ छापावल प्रतितोला ७८ हजार तीन सय र तेजावी ७८ हजारमा कारोबार भएको थियो । मंगलबार ८६० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य भने बुधबार २० रुपैयाँले बढेर ८८० रुपैयाँ पुगेको छ ।