अष्ट्रेलियाका विदेशी विद्यार्थीका लागि एक्सपर्ट एजुकेशनले गर्ने भयो दुइ लाख डलर सहयोग

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ बैशाख १, सोमबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

बैशाख १, काठमाण्डौ । कोरोनाको महामारीबाट प्रभावित भएका अष्ट्रेलियाका अन्तराष्ट्रिय विद्यार्थीका लागि एक्सपर्ट एजुकेशन तथा भिषा सर्भिसले दुइ लाख डलरको सहयोग घोषणा गरेको छ । आइतबार साँझ एक विज्ञप्ती जारी गर्दै एक्सपर्ट एजुकेशनले सहयोगको घोषणा गरेको हो । सहयोग मध्ये १ लाख ५० हजार डलर सिधै विद्यार्थीलाई र बाकी ५० हजार विद्यार्थीका लागि सक्रिय सामाजिक संघसंस्थामार्फत सहयोग गरिने विज्ञप्तीमा भनिएको छ । ‘कोभिड १९ का कारण गर्दा अष्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय विद्यार्थीलाई पर्न सक्ने तत्कालिन र दीर्घकालिन असरहरुलाई न्युनीकरण गर्न हामीले सुरुदेखिनै आफ्नो सक्रियता कायम राखेका छौ’ विज्ञप्तीमा भनिएको छ । त्यस्तै एक्सपर्ट एजुकेशन तथा भिषा सर्भिसेसले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आइरहेको भन्दै यो सहयोगले कोरोना प्रभावित विद्यार्थीलाई केही हदसम्म भएपनि सहयोग पुग्ने आशा गरिएको छ । एक्सपर्ट फाउण्डेसन मार्फत विद्यार्थीलाई सहयोग गर्न लागिएको विज्ञप्तीमा भनिएको छ ।

कसले पाउछन् सहायता ?
पछिल्लो ६ महिनामा अष्ट्रेलिया आएका अन्तराष्ट्रिय विद्यार्थीहरु सबैभन्दा बढी प्रभावित रहेको भन्दै सन् २०१९ अक्टोवर १ यता अष्ट्रेलियाका आएका विद्यार्थीका लागि सहयोग केन्द्रीत गरिएको छ । यो सहायता पाउनका लागि सबैभन्दा पहिला त अक्टोवर १ यता अष्ट्रेलिया आएको हुनुपर्नेछ । त्यस्तै रोजगार नभएको तथा रोजगार गुमाएका हुनुपर्नेछ । त्यस्तै एक्सपर्ट एजुकेशनबाट विभिन्न शैक्षिक संस्थामा भर्ना भएका विद्यार्थी हुनुपर्ने विज्ञप्तीमा भनिएको छ ।
सहयोग चाहाने विद्यार्थीले यो लिंकमा मा गएर आफ्नो दरखास्त हाल्न सक्नेछन् । यस संकटको घडीमा विद्यार्थीलाई पर्न सक्ने अन्य समस्या र अप्ठ्याराहरुका बारेमा शैक्षिक संस्थाहरुसंग परामर्श गरि विद्यार्थीका तर्फबाट पैरवी गरिरहेको समेत एक्सपर्टले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस