ग्लोबल आइएमई बैङ्कका सीईओ कुँवरले पदबाट राजीनामा दिए

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ २५, बिहिबार (४ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

असार २५,काठमाडौँ । ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले पदबाट राजीनामा दिएका छन् । क्षेत्रीले दिएको राजीनामा पनि बैङ्कको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ ।

बैङ्क बोर्ड श्रोतका अनुसार उनले केही साता पहिले नै पदबाट राजीनामा दिएका थिए । पेन्डिङमा रहेको राजीनामा बोर्डले बिहीबारमात्रै स्वीकृत गरेको बोर्ड स्रोतले जानकारी दिएको छ ।

‘सीईओ सा’पले स्वास्थ्य तथा आफ्नो व्यक्तिगत कारण देखाउँदै केही समय अगाडि नै राजीनामा दिनुभएको थियो, तर राजीनामाका विषयमा निर्णय भइसकेको थिएन’ बोर्ड स्रोतले भन्यो, ‘उहाँको राजीनामा स्वीकृत गरेर बोर्ड बैठक भर्खरमात्रै सकिएको छ ।’

तत्कालीन दुई ठूला वाणिज्य बैङ्क ९ग्लोबल आइएमई बैङ्क र जनता बैङ्क नेपाल० मर्ज भएर ग्लोबल आईएमई बनेपछि क्षेत्री पुँजीका आधारमा मुलुकको सबैभन्दा ठूलो बैङ्कको सीईओ बनेका थिए ।

तत्कालीन जनता बैङ्कको सीईओ रहेका उनलाई बैङ्कको कार्यकारी नेतृत्व सुम्पिन दुवै बैङ्कका सञ्चालकहरू तयार भएका थिए ।

उनको राजीनामा स्वीकृत भएसँगै बैङ्कका डेपुटी सीईओ महेश ढकालले कामु सीईओको जिम्मेवारी पाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस