नबिल बैंकको ३६औँ  वार्षिकोत्सव अफर, नया तथा अरु बैंकका ऋणीहरुलाई लक्षित

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण ४, आईतबार (४ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

साउन ४, काठमाण्डौ । वर्तमान महामारीलाई मध्यनजर गर्दै, नबिल बैंकले सम्पूर्ण ऋणी ग्राहक महानुभावको आवश्यकतालाई सहज पर्ने उद्देश्यले “३६आंै वार्षिकँेत्सव योजना” ल्याएको छ । उक्त योजना अन्तर्गत, बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला ब्यवसाय कर्जामा विशेष व्याज छुट दिने छ ।
जस अन्तर्गत :
घर कर्जामा : ७.९९%
धितो कर्जामा :८.४९%
व्यक्तिगत ओभरड्राफ्टमा : ८.४९%
साना तथा मझौला कर्जामा : ७.९९%
सिमित सम्मको लागि बैंकले ल्याएको विशेष छुट वार्षिकँेत्सव योजनाको प्रक्रिया सबै शाखाहरुबाट अगाडी बढाउन सकिनेछ । यस योजनाबाट रिटेल र साना तथा मझौला ब्यवसायका ग्राहकहरुलाई केहि सहायता पुग्ने बैंकले विश्वास गरेको छ ।
सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भुमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस