सिद्धार्थ डेभलपमेन्ट बैंकका पूर्वसञ्चालक सिलवाल पक्राउ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण ५, सोमबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन ५,काठमाडौँ । प्रहरीले बैंकिङ कसूर सम्बन्धी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थ डेभलपमेन्ट बैंकका पूर्वसञ्चालक बालकोट बस्ने मधुसुदन सिलवाल छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई आइतबार पक्राउ गरेको हो ।

ब्युरोका प्रमुख डीआइजी सहकुलबहादुर थापाका अनुसार सिलवालविरुद्ध दुई वटा बैंकिङ कसूरको मुद्दा दायर भएकोमा एउटामा दुई वर्ष कैद र ३० लाख रुपैयाँ धरौटी जफत र अर्कोमा तीन वर्ष कैद र एक करोड रुपयाँ जरिवाना सजाय तोकिएको थियो ।

कमसल धितो राखेर कर्जा लिएको अभियोग सिलवालमाथि थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस