फागुन ७, काठमाण्डौँ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३० औं वार्षिक साधारण सभा (मर्जर पछिको पहिलो सभा सम्पन्न भएको छ । आइतबार काठमाडौंको अनमोल ब्याङ्गकेटमा उक्त सभा सम्पन्न भएको हो ।
साविकको यूनाइटेड इन्स्योरेन्स र साविकको अजोड इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिए (मर्जर) पश्चात संयुक्त रुपमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट गत जेठ १४ गतेबाट एकीकृत कारोबार भएको थियो । मर्जर पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब ९० करोड ४५ लाख ६८ हजार रुपैयाँ कायम भएको थियो ।
सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को साविक अजोड इन्स्योरेन्स लिमिटेड साथै यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८० साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको छ ।
आर्थिक वर्ष २०८०/८१ का लागी बाह्य लेखापरीक्षक जेबि राजभण्डारी एण्ड दिबिन्स, चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरिएको छ । संस्थाको नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने तथा सोहि बमोजिम प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय समेत सभाले गरेको छ ।