सन विथ कम्युनिटि” कार्यक्रम सञ्चालन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० फागुन १२, शनिबार (१ साल अघि)
  • २० पटक पढिएको
सन विथ कम्युनिटि” कार्यक्रम सञ्चालन

फागुन १२, काठमाण्डौँ । सन सेक्युरिटिज प्रा.लि. कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत आज काठमाण्डौ महानगरपालिका वार्ड नं. ०१ सँगको सहकार्यमा “सन विथ कम्युनिटि” कार्यक्रमको शुरुवात गरेको छ । सन सेक्युरिटिज प्रा.लि.को कार्यालय नक्सालमा काठमाण्डौ महानगरपालिका वडा नं. ०१ मा बसोबास गर्ने स्थानीय वासिन्दाहरुलाई समेटेर कार्यक्रमको थालनी गरिएको हो । कार्यक्रम अन्तरगत सन सेक्युरिटिज प्रा.लि.ले वडा नं.०१ का स्थानीय वासिन्दाहरुलाई शेयर बजार तथा लगानी सम्बन्धी १ दिने तालिम तथा सचेतना प्रदान गरिएको छ ।

दिउँसो २ बजेदेखि ५ बजेसम्म सञ्चालित कार्यक्रममा काठमाण्डौ महानगरपालिका वार्ड नं. ०१ का सचिव श्री सर्वज्ञ राज पौडेलज्यू को प्रमुख आतिथ्य तथा सन सेक्युरिटिज प्रा.लि.का कार्यकारी अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो । सन विथ कम्युनिटि कार्यक्रम अन्तरगत आजको कार्यक्रममा शेयर बजार सम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा शेयर बजारको वर्तमान अवस्था, शेयरबजारमा निहित जोखिम तथा यसको व्यवस्थापन, शेयर बजारमा लगानी गर्ने समय र तरिका लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । कार्यक्रममा ०१ भित्र वडाभित्र बसोबास गर्नुहुने करिब ६० जना स्थानीयहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्री सवज्र्ञ राज पौडेलज्यूले सन सेक्युरिटिजले काठमाण्डौ महानगरपालिका ०१ भित्र समुदायलाई लाभ हुने गरी सञ्चालित यस प्रकारको कार्यक्रमबाट ०१ नं. वडाबासीहरु लाभान्वित हुने बताउनुभयो । साथै शेयरबजारमा लगानीगरी स्थानीयले अतिरिक्त लाभ आर्जन गर्न सक्ने भएको हुँदा प्राथमिक बजार तथा दोश्रो बजारमा बुझेर मात्रै लगानी गर्नुपर्ने बताउनुभयो । यसैगरी कार्यक्रमका अध्यक्ष तथा सन सेक्युरिटिज प्रा.लि.का कार्यकारी अध्यक्ष कृष्ण गिरीले सन सेक्युरिटिज प्रा.लि.ले यस काठमाण्डौ महानगरपालिका वार्ड नं. ०१ भित्र धितोपत्र ब्रोकर व्यवसाय सञ्चालन गर्दैगर्दा यसको लाभ सम्पूर्ण ०१ नं. वडाका बासिन्दाहरुले पाउन सक्नुहोस् भनेर व्यवसायलाई कम्युनिटिसँग जोड्ने पहलस्वरुप यस प्रकारको कार्यक्रको शुरुवात गरिएको बताउनुभयो । उहाँले यस्तो कार्यक्रम हरेक महिनाको दोश्रो शुक्रबार सञ्चालन गरिने बताउनुभयो । यसबाहेक पनि सम्पूर्ण वडा नं. १ बासी स्थानीयहरुले सन सेक्युरिटिजको कार्यालयमा कार्यालयसमयभित्र आई शेयर बजार तथा लगानीका विषयमा रहेका आफ्ना समस्या तथा जिज्ञासाहरु राख्नसक्ने बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस