आज पनि सुनको मुल्यले राख्यो नयाँ रेकर्ड, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० चैत्र २६, सोमबार (१ साल अघि)
  • ३१ पटक पढिएको
आज पनि सुनको मुल्यले राख्यो नयाँ रेकर्ड, तोलाको कतिमा हुँदैछ कारोवार ?

चैत्र २६, काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार २ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको मूल्य एक लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३६ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ५५० सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ६८५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस