सुनचाँदी

सुनको भाउ आज तोलामा एक हजार पाँच सय रुपैयाँले बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण २५, शुक्रबार (९ महिना अघि)
  • ११७ पटक पढिएको
सुनको भाउ आज तोलामा एक हजार पाँच सय रुपैयाँले बढ्यो

साउन २५, काठमाण्डौँ । आज सुनको भाउ तोलामा एक हजार पाँच सय रुपयाँले बढेको छ । आज सुन तोलामा एक हजार पाँच सय रुपैयाँले बढेर एक लाख ४८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ४६ हजार छ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले बढेर एक हजार सात सय ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलमा एक हजार छ सय ९० रुपैयाँ रहेको थियो ।

# सुनचाँदी

ताजा अपडेट

खोजी गर्नुहोस