जगदम्बा मोटर्स र पोस्टामले १०० जना कन्टेन्ट क्रिएटरहरुलाई १०० वटा टिभिएस एन्टर्क स्कुटरद्वारा पुरस्कृत गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण २८, सोमबार (९ महिना अघि)
  • ८७ पटक पढिएको
जगदम्बा मोटर्स र पोस्टामले १०० जना कन्टेन्ट क्रिएटरहरुलाई १०० वटा टिभिएस एन्टर्क स्कुटरद्वारा पुरस्कृत गर्ने

साउन २८, काठमाण्डौँ । जगदम्बा मोटर्स नेपालका लागि टिभिएस स्कुटर र मोटरसाईकलको एक मात्र आधिकारिक वितरक हो । मोटर्सले नेपाली सोसल मिडिया एप पोस्टामसँग सहकार्य गर्दै नेपालकै सबैभन्दा ठूलो कन्टेन्ट प्रतियोगिताको आयोजना गर्ने भएको छ । यस प्रतियोगिताको मुख्य उद्देश्य नेपालभरका कन्टेन्ट क्रिएटरहरूलाई आफ्नो कला देखाउँदै रोमाञ्चक पुरस्कारहरू जित्न प्रोत्साहन गर्ने रहेको छ ।

उक्त प्रतियोगिता पोस्टामको प्लेटफर्ममा हुनेछ । अन्य सोसल मिडिया प्ल्याटफर्महरू भन्दा भिन्न रहेको पोस्टाममा प्रयोगकर्ताहरूले सूचना आदान–प्रदान गर्न, मानिसहरुसँग कनेक्ट हुनुका साथै आफ्नो कन्टेन्टलाई मनिटाइज गरेर नियमित पोस्टहरु मार्फत पनि आम्दानी गर्ने अवसरहरू प्राप्त गर्छन् । कम्पनीका अनुसार यो प्रतियोगिता एक ऐतिहासिक र नेपाली कन्टेन्ट क्रिएटरहरूको लागि सबै भन्दा ठूलो पुरस्कार राशी रहेको प्रतियोगिता हो ।

टिभिएस नेपालकी प्रोडक्ट हेड करुणा पुडासैनीले यस प्रतियोगिताको लागि पोस्टाम एपसँग साझेदारी गर्न पाउँदा निकै उत्साहित रहेको बताउनुभयो । साथै यो प्रतियोगिता कन्टेन्ट क्रिएटरलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने बताए ।

त्यस्तै पोष्टमका प्रमुख कार्यकारी अधिकृत र सह–संस्थापक रोनिश दाहालले यो प्रतियोगिताले कन्टेन्ट क्रिएसनलाई आफ्नो करियरको रुपमा स्थापित गर्न नेपालभरका कन्टेन्ट क्रिएटरहरूलाई मद्दत गर्ने कुरामा विश्वस्त रहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस