ज्योति क्यापिटल लिमिटेडको दोश्रो वार्षिक साधारणसभा सम्पन्न

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष २८, आईतबार (४ महिना अघि)
  • ६४ पटक पढिएको
ज्योति क्यापिटल लिमिटेडको दोश्रो वार्षिक साधारणसभा सम्पन्न

पौष २८, काठमाण्डौँ । ज्योति क्यापिटल लिमिटेडको दोश्रो वार्षिक साधारणसभा संचालक समितिका अध्यक्ष श्री प्रकाश बरालको अध्यक्षतामा मिति २०८१ पुष २६ गते ज्योति विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंको सभाहलमा सम्पन्न भएको छ । उक्त सभाले आर्थिक वर्ष २०८०÷०८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

सभाले शेयरधनीहरुलाई चुक्ता पूँजीको ३.१६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले आ.व.२०८१।०८२ को लागि श्री ए।ी।च्।न् एसोसियट्स, चाटर्ड एकाउण्टेन्ट्स्लाई क्यापिटलको लेखापरीक्षकमा नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरेको छ । सभाले सञ्चालक समितिबाट नियुक्त हुनुभएका दुई जना स्वतन्त्र संचालकहरुको नियुक्ति अनुमोदन समेत गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस