चैत्र ५, काठमाण्डौ । कोरोना भाइरस अर्थत् कोभिड १९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या झण्डै ८ हजार पुगेको छ । कोरोना सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ हजार ९८७ पुगेको छ ।
अहिलेसम्म एक लाख ९८ हजार भन्दा बढीम कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमण देखिएका १ लाख ९८ हजार ४२२ मध्ये ८२ हजार ७६२ उपचारपछि घर फर्किएका छन् भने उपचार गराइरहेका ६ हजार ४१५ जनाको अवस्था गम्भीर छ ।