कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय नाघ्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र १०, सोमबार (५ साल अघि)
  • ४४ पटक पढिएको
Post Thumbnail

चैत्र १०, काठमाण्डौ । कोरोनाको सङ्क्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १२ पुगेको छ । एक सय ९१ देश र एउटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा १ हजार ५ सय ९९ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १२ पुगेको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ६ सय ५१ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ज्यान गुमाउनेको संख्या ५ हजार ४७६ पुगेको छ । त्यहाँ ५९ हजार १३८ जना सङ्क्रमित छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा ११३ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ज्यान गुमाउनेको संख्या ४ सय १५ पुगेको छ । संसारभर अहिलेसम्म तीन लाख ३५ हजार ५११ जना सङ्क्रमित भएकोमा ९७ हजार ६३७ जना उपचारपछि निको भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस