चैत्र ११, काठमाण्डौ । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट एकैदिन विश्मा १ हजार ८ सय भन्दा बढीको मृत्यु भएको छ । सोमबार उनीहरुको मृत्यु भएको हो । पछिल्लो तथ्याङ्क अनुसार सोमबार विश्भरी कोरोना भाइरस संक्रमणका कारण १ हजार ८ सय ५४ जनको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसबाट मर्नेहरुको कूल संख्या १६ हजार ४ सय ९५ पुगेको छ । सोमबार विश्वभर ४१ हजार ७१ जना नयाँ कोरोना भाइरसका विरामी थपिएका छन् । योसँगै कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ७८ हजार ५ सय ६० पुगेको छ । संक्रमितमध्ये हालसम्म १ लाख १ हजार ६ सय ८ जना उपचार पश्चात निको भई अस्पतालबाट घर फर्केका छन् ।
सोमबार कोरोना भाइरसबाट सबैभन्दा बढीको मृत्यु इटाली र स्पेनमा भएको थियो । सोमबार इटालीमा ६ सय १ जना र स्पेनमा ५ सय ३९ जनाको मृत्यु भएको थियो । कोरोना भाइरसकै कराण सोमबार नै अमेरिकामा १ सय ३२, जर्मनीमा २९, इरुानमा १ सय २७, फ्रान्समा १ सय ८६, दक्षिण कोरियामा ७, स्वीट्जरल्याण्डमा २२, बेलायतमा ५४, नेदरल्याण्ड्समा ३४, अष्ट्रियामा ५, पोर्चुगलमा ९, टर्कीमा ७, डेनमार्कमा ११, फिलिपिन्समा ८ जनाको मृत्यु भएको थियो ।
कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बरको अन्तिम साता चीनको उहानमा देखिएको थियो । त्यसयता सोमबारसम्म यो भाइरस विश्वका १ सय ९५ देश तथा भूभागमा देखिएको छ । पछिल्ला दिनहरुमा कोरोना भाइरसका संक्रमण चीनमा कम भएको छ भने युरोप, अमेरिका र खाडी राष्ट्रमा तीव्र रुपमा बढ्दै गएको छ ।