लकडाउनको दिनचर्या : शारीरिक सक्रियता बढाउन सुझाव

Post Thumbnail

वैशाख ७, काठमाण्डौ । कोरोना भाइरसको सम्भावित जोखिमका कारण जारी लकडाउनका बेला घरमै बसेर शारीरिक सक्रियता कायम राख्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन् । लामो समय घरमा बसिरहँदा शरीरमा आलस्य र अरू स्वास्थ्य समस्या आउन सक्ने भएकाले शरीरलाई चलायमान गर्नुपर्ने हाडजोर्नी विशेषज्ञ डा। प्रकाश द्वारेको सुझाव छ । उनले भने “बाहिर जान सम्भव नभए पनि केही समय निकालेर शारीरिक कसरत गर्नुपर्छ ।”
टेलिभिजन हेर्ने, मोबाइल चलाउने, खाने, सुत्ने क्रम अवश्य पनि बन्दाबन्दीको समयमा बढी हुन्छ भन्दै डा। द्वारे थपे “एक घण्टा भए पनि शारीरिक कसरतले विभिन्न हाडजोर्नी तथा नसासम्बन्धी रोग लाग्नबाट बच्न सकिन्छ भने मधुमेह र उच्च रक्तचापका बिरामीलाई पनि फाइदा पुग्छ ।” धेरै सुत्ने तथा मोबाइल चलाउने बानीले कम्मर, हात तथा स्पाइनलको समस्या आउने भएका कारण शरीर चलायमान गर्नुपर्ने उनको सुझाव छ ।
चिकित्सकका अनुसार टेलिभिजन हेर्ने, मोबाइल, कम्प्युटर बढी चलाउने, पुस्तक पढ्ने जस्ता काममा दिन बिताइरहँदा पनि हरेक २० देखि ३० मिनेटको अन्तरमा उठेर पाँच मिनेटसम्म शरीर तन्काउने, घरवरिपरि वा सिँढीमा तलमाथि गर्ने, बगैँचा वा वरिपरि घुम्ने गरेमा स्वास्थ्यमा फाइदा पुग्छ । डा। द्वारे भने “हरेक दिन शरीरलाई सक्रिय बनाउन एउटा तालिका बनाई घरमै व्यायामहरू गर्न सकिन्छ ।”
दैनिक एउटा निश्चित समय व्यायामका लागि छुट्याएर त्यसलाई पालना गर्नुपर्ने कराँते खेलाडी अशोक श्रेष्ठको भनाइ छ । उनले बन्दाबन्दीको समय सदुपयोग गरी आफ्नो शरीर स्वस्थ बनाउन सकिने बताउँदै शरीरलाई जति चलायमान ग¥यो त्यति नै राम्रो हुन्छ भने । उनी योग गर्नुका साथै मेडिटेसन, सूर्य नमस्कार गर्नसमेत सुझाव दिन्छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस