वैशाख ७, काठमाडौं । कोरोना भाइरस कोभिड १९ का संक्रमित फेला परेको भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाउने एक व्यक्ति पक्राउ परेका छन् । इलामको फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दीप योङ्हाङ लिम्बूलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।
लिम्बूले इलामको बिब्ल्याटेमा एक कोरोना संक्रमित भेटिएको गलत सूचना फेसबुकमा पोस्ट गरेका थिए । यसबारे उजुरी परेलगत्तै जिल्ला प्रहरी कार्यालय, इलामबाट खटिएको टोलीले शनिबार उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।