पहिलोपटक सात वर्षीय बालकमा कोरोना पुष्टि !

Post Thumbnail

वैशाख २१, काठमाण्डौ । आइतबार कोरोना पोजेटिभ देखिएका नेपालगञ्जका ९ जना बाँकेका ६० वर्षीय संक्रमितको सम्पर्कमा रहेका व्यक्ति भएको खुलेको छ । भेरी अस्पतालका अनुसार संक्रमित ७ देखि ५८ वर्ष उमेर समूहका छन् । भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डेन्ट डाक्टर प्रकाश थापाले पोजेटिभ भेटिएका ९ जना ६० वर्षीय संक्रमितको सम्पर्कमा आएकाहरु भएको बताए । गत शुक्रबार भेरी अस्पतालमा प्रयोगशाला परीक्षण पीसीआरमा नेपालगञ्जको मदरसा पढाउने ६० वर्षीय शिक्षकलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

प्रहरीले कन्ट्याक्ट ट्रेसिङ गर्दा ९३ जना संक्रमितको सम्पर्कमा आएको फेला पारेको थियो । तीमध्ये ९० जनाको स्वाब परीक्षण शनिबार संकलन गरिएको थियो । बाँकी तीनसहित केहीको पनि नमूना संकलन भइसकेको छ । आज संक्रमित पुष्टि भएका ९ जनालाई सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पुर्‍याउन प्रहरी टोली परिचालन भइसकेको छ । डाक्टर थापाले हालसम्म ३० जनाको परीक्षण सकिएको र त्यसमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार नेपालगञ्जका ५ पुरुष र ४ महिलामा पोजेटिभ देखिएको हो । शुक्रबार संक्रमण पुष्टि भएका ६० वर्षीय पुरुष मदरसाका शिक्षक थिए । लकडाउनले मदरसा बन्द हुँदा घर(घरमा गएर पढाउँदै आएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस