अन्तत : ‘लकडाउन’को अवधि सातदेखि १० दिनसम्म बढाउन सिफारिस !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख २४, बुधबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

वैशाख २४, काठमाडौं । कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिले ‘लकडाउन’लाई निरन्तरता दिन सरकारलाई सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको समितिको २३औं बैठकले अत्यावश्यक सेवा सञ्चालन गर्नेगरी लकडाउनको अवधि बढाउन सुझाव दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले संक्रमणको जोखिम अझै नसकिएको र नियन्त्रणका लागि सरकारले लिएको लकडाउनको नीति सही भएको ठहर गर्दै अवधि बढाउन सिफारिस गरेको जानकारी दिए । स्रोतकाअनुसार लकडाउनको अवधि सातदेखि १० दिन थप्ने तयारी रहेको छ । समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस