वैशाख २४, काठमाडौँ । काठमाडौँ उपत्यका भित्रिने मुड्खु, नागढुङ्गा, साँखु, जगाती, भिमढुङ्गा नाकाहरुमा अनुगमन सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अनुगमन सुरु गरेको हो ।
काठमाडौं उपत्यका भित्रिने सवारी साधन र मानिसको आवागमनको विषयमा वस्तुस्थिती बुझ्न, नाकामा हुने चेकजाँच कडाई गर्नका लागि अनुगमन तथा निरीक्षण गरिको जनाईएको छ । काठमाडौं बाहिरबाट उपत्यकाभित्र मानिसहरु लुकेर आउन थालेको खबर आएपछि वास्तविकता बुझ्न स्थलगत अनुगमनमा गएको ट्राफिक प्रहरी महाशाखाका एसएसपी भिम ढकालले बताए ।