वैशाख २७, काठमाण्डौ । भारतमा हालसम्म २८ जना नेपालीमा कोभिड–१९ को संक्रमण पुष्टि भएको र एक जनाको मृत्यु भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । उनिहरुमध्ये २३ जना रोजगारीका लागि भारतमा बस्दै आएका र अन्य पाँच जना केही महिनाअघि मात्र भारत आएका थिए । दुतावासका अनुसार संक्रमित नेपालीहरुमध्ये एक जनाको मृत्यु भइसकेको छ भने १२ जना उपचारपछि निको भइसकेका छन् । बाँकी १५ जना उपचाररत छन् । मृत्यु हुनेमा पाल्पा घर भएका हरियाणा रोहतकमा बस्दै आएका ४५ वर्षीय पुरुष हुन् ।
संक्रमित नेपालीहरुमध्ये पनि सबैभन्दा बढी महाराष्ट्रका छन् । महाराष्ट्रमा सुदूरपश्चिम अछाम मूल घर भएको एक नेपाली परिवारका आठ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । संक्रमित सबैजना उपचार पछि निको भइसकेका छन् ।