साउदीमा कोरोना सङ्क्रमित नेपाली १३ सय ६४ पुगे, सातको ज्यान गयो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ जेष्ठ ९, शुक्रबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

जेठ ९, काठमाडौँ । साउदी अरबमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या एक हजार सय ६४ पुगेको छ भने सात जनाले ज्यान गुमाएका छन् । सङ्क्रमितमध्ये १७ जना महिला रहेका छन् । राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना अन्य क्षेत्रमा ३ नेपाली सङ्क्रमित भएका छन् ।

जेद्दा क्षेत्रमा १७६, मक्का ६५, मदिना ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जनामा सङ्क्रमण देखिएको साउदीस्थित नेपाली राजदूतावासले जनाएको छ । रूघाखोकी, ज्वरो तथा स्वासप्रश्वासको समस्या भएमा आफ्नो कम्पनीको व्यवस्थापनलाई अनुरोध गरी स्वास्थ्य जाँच गराउन साउदीमा रहेका नेपालीलाई दूतावासले अनुरोध गरेको छ ।

कोरोना सङ्क्रमणका कारण विभिन्न समस्यामा परेका नेपालीहरूको विवरण सङ्कलन गर्न नेपाली राजदूतावासले जेष्ठ १ गतेदेखि अनलाइन फारम सार्वजनिक गरेको छ । धेरै नेपालीहरूले अनलाइनबाट आफ्नो विवरण भर्न नजानेर समस्या भएको गुनासो आएको दूतावासको भनाइ छ ।
उक्त फारम नेपाली राजदूतावासको वेबसाइटमा गई फारम भर्न सकिन्छ । यसअघि टेलिफोन, ह्वाट्सएप तथा इमेलबाट आफ्नो विवरण टिपाएकाले फारम भर्न नपर्ने दुतावासले जानकारी गराएको छ ।

साउदी अरबको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार साउदी अरबमा मार्च २, २०२० देखि बिहीबार सम्म ६५ हजार ७७ जना सङ्क्रमित भएका छन् । सङ्क्रमितहरूमध्ये आधाभन्दा बढी निको भई घर फर्केका छन् । साथै मृत्युदर पनि न्यून रहेको पाइएको दूतावासले बताएको छ । साउदी सरकारले जारी गरेको कर्फ्यू आदेशको पालन गर्न साउदीमा रहेका नेपालीलाई दूतावासले अनुरोध छ ।

ताजा अपडेट

खोजी गर्नुहोस