भारतमा एकै दिन ६ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ जेष्ठ ९, शुक्रबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

जेठ ९, काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संक्रमितको संख्या १ लाख १८ हजार नाघेको छ । एकै दिन थप ६ हजार १९८ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख १८ हजार २२६ पुगेको हो । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ५८४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप १५० जनाको मृत्यु भएको छ । कोराना भाइरसको कोभिड–१९ को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस