रुसमा कोरोनाबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ जेष्ठ ९, शुक्रबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

जेठ ९, काठमाडौं । रुसमा कोरोना भाइरस कोभिड–१९ का कारण पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै मानिसको मृत्यु भएको छ । रुसले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा त्यहाँका एक सय ५० जनाको मृत्यु भएको हो । यससँगै रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार २४९ पुगेको छ ।

रुसको कोरोना भाइरस क्राइसिस रेस्पोन्स सेन्टरका अनुसार, पछिल्लो २४ घण्टामा आठ हजार ८९४ जना नयाँ संक्रमित फेला परेका छन् । यससँगै रुसमा समग्र संक्रमितको संख्या तीन लाख २६ हजार ४४८ पुगेको छ । रुस अमेरिकापछि संक्रमितको हिसाबमा सबैभन्दा प्रभावित मुलुक हो ।

ताजा अपडेट

खोजी गर्नुहोस