वुहानमा २४ घण्टामा ११ लाख मानिसको कोरोना परीक्षण, ४८ घण्टामा २० लाखधेरैको परीक्षण !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ जेष्ठ १२, सोमबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ १२, काठमाडौं । कोरोना भाइरस कोभिड–१९ को उद्गमस्थल वुहानमा दुई दिनमा २० लाखभन्दा धेरै मानिसमा यो भाइरसको परीक्षण गरिएको छ । स्थानीय स्वास्थ्य अधिकारीका अनुसार वुहान सहरमा शनिबार मात्र ११ लाख मानिसको कोरोना भाइरस परीक्षण गरिएको थियो । यो संख्या अघिल्लो दिन १४ लाख थियो । वुहानमा लगातार दोस्रो दिन एकैदिन १० लाखभन्दा धेरै मानिसमा कोरोना भाइरसको परीक्षण गरिएको हो ।

वुहानमा गत मे १४ मा लामो समयपछि कोरोना भाइरसका संक्रमित देखिएसँगै सहरका सबै मानिसमा कोरोना भाइरसको परीक्षण गराउने निर्णय भएको थियो । कोरोना भाइरसको उद्गमस्थल मानिएको वुहानमा ७६ दिनपछि अप्रिल ८ मा लकडाउन हटाइएको थियो । अन्य मुलुकहरु अहिले कोरोना भाइरसको परीक्षण गर्न संघर्ष गरिरहेको अवस्थामा चीनले छोटो समयमा धेरै मानिसमा कोरोना भाइरसको परीक्षण गरेको हो । रोयटर्स

ताजा अपडेट

खोजी गर्नुहोस