जापानमा कोरोना भाइरसको महामारी फैलिएपछि लगाइएको संकटकाल अन्त्य

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ जेष्ठ १३, मंगलबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ १३, काठमाडौं । जापानमा कोरोना भाइरसको महामारी फैलिएपछि लगाइएको संकटकाल अन्त्य भएको छ । जापानका प्रधानमन्त्री सिन्जो आबेले सोमबार मुलुकभर लगाइएको संकटकाल अन्त्य भएको घोषणा गरेका हुन् । सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री आबेले कोरोना भाइरसविरुद्ध ल्याइएको विशेष कानूनका आधारमा लागू गरिएको संकटकाल हटाइएको जनाएका हुन् । जापानमा गत अप्रिल ७ तारिखबाट लागू गरिएको आपतकाल मे २५ तारिख सोमबार साँझबाट नै लागू हुनेगरि रद्दको घोषणा गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस