कङ्गोमा इबोला सङ्क्रमित देखिए, चार जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ जेष्ठ २०, मंगलबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ २०, काठमाण्डौ । अफ्रिकी राष्ट्र प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इक्वाटियर प्रान्तको वाङ्गाता क्षेत्रमा प्राणघातक इबोला भाइरसको सङ्क्रमण फैलिएको सरकारले जनाएको छ । स्वास्थ्य मन्त्रालयले वाङ्गातामा इबोला सङ्क्रमित छ जना फेला परेको जनाएको छ । सङ्क्रमित छ जनामध्ये चार जनाको मृत्यु भएको र दुई जना उपचारका क्रममा रहेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिमा इबोलाको सङ्क्रमण देखिएको हो । सङ्गठनका महानिर्देशक टेड्रोस अधानोमले आम मानिसले सामना गर्नु परिरहेका सङ्क्रामक एवम् प्राणघातक रोगहरू कोविड–१९ मात्र नरहेको यसले पुष्टि गरेको छ भने । उनले कोविड–१९ महामारीका बारेमा हामी सबैको ध्यान गए पनि डब्लुएचओले मानव स्वास्थ्यमा जोखिम निम्त्याइरहेका अरु रोगतर्फ पनि ध्यान दिइरहेको बताए ।

सन् १९७६ मा पहिलोपटक इबोला देखिएदेखि हालसम्म यो एघारौँ पटक देखिइसकेको छ । डब्लुएचओकी अफ्रिकाका लागि क्षेत्रीय स्वास्थ्य निर्देशक डा। माट्सीडिसो मोएटीले अहिले विश्वव्यापी रुपमै कोविड–१९ को महामारी देखिए पनि विगत २ वर्षदेखि अफ्रिकी स्वास्थ्य संस्थासँग मिलेर इबोला प्रसार रोक्न विशेष रुपमा कार्य भइरहेको बताइ । उनले इबोला फैलिएको क्षेत्रमा विशेषज्ञ सहितको टोली पठाउन लागिएको पनि जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस