भारतमा फेरि कोरोना संक्रमणले तोड्यो रेकर्ड

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ जेष्ठ २१, बुधबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ २१, काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख नाघेको छ । तीव्र गतिमा भइरहेको संक्रमणका कारण भारतमा संक्रमित दुई लाख ७ हजार १९१ जना पुगिसकेका छन् । बुधबार बिहानसम्म २४ घण्टामा सबैभन्दा बढी संक्रमण भएको छ । एकैदिन २ लाख ७ हजार १९१ जना संक्रमित भएका छन् । यसअघि सोमबार बिहानसम्म गएको २४ घण्टामा ८ हजार ७५० जना नयाँ संक्रमित फेला परेका थिए । त्यो संख्या सबैभन्दा बढी रहेको थियो । त्यो रेकर्ड फेरि तोडिएको छ । त्यस्तै मृतक २४ घण्टामा २२१ जना थपिएका छन् । यसअघि मंगलबार २०१ जना थपिएका थिए ।

शनिबार सबैभन्दा बढी २६९ जना बढेका थिए । त्यो संख्या पनि अहिलेसम्मकै बढी थियो । आइतबार मृतक भने २०५ जना पुगेका थिए । सोमबार २२३ जनाको मृत्यु भएको थियो । अहिलेसम्म मृतकको संख्या ५ हजार ८२९ जना पुगेका छन् । १ लाख २८५ जनालाई उपचारपछि निको भएको छ । २४ घण्टामा ४ हजार ५३१ जनालाई निको भएको छ । यो अहिलेसम्मकै उच्च हो । सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा २४ घण्टामा २ हजार २८७ जना संक्रमित बढ्दा ७२ हजार ३०० पुगेका छन् । त्यस्तै मृतक १०३ बढेर २ हजार ४६५ पुगेका छन् ।
तमिलनाडुमा २४ हजार ५८६ जना संक्रमित हुँदा मृतक २००, दिल्लीमा २२ हजार १३२जना संक्रमित हुँदा मृतक ५५६, गुजरातमा १७ हजार ६३२ जना संक्रमित हुँदा १ हजार ९२ मृतक भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस