भारतमा कोरोनाबाट एक लाखभन्दा धेरै निको भए !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ जेष्ठ २१, बुधबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

जेठ २१, काठमाडौं । भारतमा कोरोना भाइरस कोभिड–१९ का एक लाख संक्रमित निको भएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा एक लाख ३०३ संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा करिब पाँच हजार संक्रमित निको भएका हुन् । पछिल्लो समय भारतमा संक्रमितका साथै निको हुनेको संख्या पनि बढिरहेको छ ।

भारतमा अहिलेसम्म समग्र संक्रमितको संख्या दुई लाख सात हजार ६१५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा आठ हजार ९०९ नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पाँच हजार ८१५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट २१७ जनाको मृत्यु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस