जेठ २३, काठमाडौं । कोरोना भाइरस संक्रमण र मृत्युमा २४ घण्टाको अवधिमा ब्रजिलले लगातार तेस्रो दिन पनि अमेरिकालाई जितेको छ । शुक्रबार ब्रजिलमा ३१ हजार ८९० जना संक्रमित थपिएका छन् । दोस्रो स्थानको अमेरिकामा २२ हजार २६८ जना थपिएका छन् । बुधबार बिहानसम्म पहिलो स्थानको अमेरिकामा २१ हजार ८८२ जना नयाँ संक्रमित थपिँदा १ हजार १३४ जनाको ज्यान गएको थियो ।
तर दोस्रो स्थानको ब्रजिलले दुवैमा जितेर २७ हजार २६३ जना संक्रमित थपिँदा १ हजार २३२ जनाको ज्यान गएको थियो । बिहीबार बिहान पनि ब्रजिलले अमेरिकालाई उछिनेको छ । ब्रजिलमा २७ हजार ३१२ जना संक्रमित थपिँदा मृतक १ हजार २६९ जना थपिएका छन् ।