भारतमा २ लाख २६ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण ! मृतक कति ?

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ जेष्ठ २३, शुक्रबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ २३, काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणबाट ६ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २७५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ३६३ पुगेको हो । एकै दिन ९ हजार ८८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा कुल संक्रमितको संख्या २ लाख २६ हजार ७१३ पुगेको छ । संक्रमितमध्ये १ लाख ८ हजार ४५० जना संक्रमणमुक्त भएका छन् । कोराना भाइरस कोभिड–१९ को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस