भारतमा ३ लाखभन्दा धेरै संक्रमित !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ जेष्ठ ३१, शनिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ ३१, काठमाण्डौ । भारतमा संक्रमितको संख्या ३ लाख पार भएको छ । इन्डियन एक्सप्रेसका अनुसार भारतमा संक्रमितको संख्या ३ लाख ८ हजार ९ सय ९३ पुगेको हो । भारतमा १७ दिनपछि संक्रमितको संख्या दोब्बर भएको हो । यसअघि संक्रमित संख्या दोब्बर हुन १५ दिन पूरा लागेको थियो ।

शुक्रवार भारतमा ११ हजार ४ सय नयाँ केसहरु थपिएपछि संक्रमित संख्या माथि चढेको हो । कोरोनाको संकटबाट घेरिँदै गएपछि सरकारले मृत्यु संख्याको आँकडा देखाउँदै आफ्नो कमजोरी छोप्ने प्रयास गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस