अमेरिकामा एकै दिन ३७ हजार बढी कोरोना संक्रमित थपिए

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ अषाढ १२, शुक्रबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असार १२, काठमाडौं । संयुक्त राज्य अमेरिकामा पछिल्लो २४ घण्टामा ३७ हजार ८ सय ९४ जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रबार विहान यो समाचार तयार पार्दासम्म अमेरिकाका १ लाख २६ हजार ७ सय २६ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म २५ लाख २ हजार २ सय ९८ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये १० लाख ४८ हजार ४ सय ३६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै बितेको २४ घण्टामा थप ५ सय ९५ जनाको ज्यान गएको र संक्रमितमध्ये १५ हजार ७ सय २९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डओमिटरको तथ्यांकले देखाएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को कारण यो समाचार तयार पार्दासम्म ४ लाख ९० हजार ९३३ जनाले ज्यान गुमाएका छन् । हालसम्म ९६ लाख ९९ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म ५२ लाख ५१ हजार १०९ जना कोरोनाको सफल उपचारपछि निको भएर घर फर्किएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस