अमेरिकामा चौबिस घण्टामा चार महिनायताकै उच्च सङ्क्रमित

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ अषाढ १३, शनिबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार १३, काठमाडौँ । अमेरिकामा पछिल्लो चौबिस घण्टामा कोरोनाभाइरस महामारीको रुप लिएयताकै सबैभन्दा बढी सङ्क्रमितको पुष्टि भएको छ । सङ्क्रमण तीव्र रुपमा फैलिएपछि खुल्ने अवस्थामा रहेको फ्लोरिडा, टेक्सस र एरिजोना राज्य पुनः पुरानै अवस्थामा राखिने भएको छ ।
अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयका अनुसार बिहीबार चौबिस घण्टामा ४० हजार व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ ।

यसअघि २४ अप्रिलमा सबैभन्दा बढी ३६ हजार ४०० कोरोनाका बिरामीको पुष्टि भएको थियो । अमेरिकामा २४ लाखभन्दा बढी कोरोना सङ्क्रमित छन् । एक लाख २२ हजार ३७० जनाको कोरोनाले मृत्यु भइसकेको छ ।

केही स्वास्थ्य अधिकारीहरूले हाल पुष्टि भएको सङ्क्रमितको सङ्ख्याभन्दा यथार्थमा दश गुणा बढी हुने दाबी गरेका छन् । अमेरिकी रोग नियन्त्रण केन्द्र९सीडीसी०का अनुसार दुई करोड अमेरिकीमा कोरोनाको सङ्क्रमण रहेको हुनसक्छ ।

दक्षिण र पश्चिमी अमेरिकामा कोरोना सङ्क्रमण २० देखि ३० वर्षसम्मका युवामा बढेको देखिन्छ । पछिल्ला दिनहरूमा टेक्सस राज्यमा सबैभन्दा बढी सङ्क्रमित फेला परेका छन् । शुक्रबारदेखि सेवा दिने सबै निकाय सुचारु गर्ने निर्धारण गरिएको टेक्ससका गर्भर ग्रेग अबोटले भने उक्त निर्णय रद्द गरेका छन् ।

उनले नदीमा र्याफटिङ, बार र रेष्टुरेन्टमा ५० प्रतिशत मात्रै ग्राहक राख्ने गरी सेवा सञ्चालन गर्न निर्देशन दिए । टेक्ससमा बिहीबार मात्रै पाँच हजार ९९६ जना नयाँ सङ्क्रमित थपिएका छन् । बुधबार उक्त सङ्ख्या पाँच हजार ५०८ दर्ता गरिएको थियो । टेक्सस राज्यमा हालसम्म एक लाख २२ हजार ९६० जनामा कोरोनाको सङ्क्रमण रहेको पुष्टि भइसकेको छ ।

फ्लोरिडासँगै अल्बामा, क्यालिफोर्निया, इडाहो, मिसिसिपि, मिसौरी, नेवाडा, ओक्लाहम, दक्षिण केरोलिना र वोमिङमा समेत सङ्क्रमित हुनेको सङ्ख्या दैनिक रुपमा वृद्धि भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस