असार २४, काठमाडौं । अष्ट्रेलियाको मेलबर्न र भिक्टोरिया राज्यमा कोरोना भाइरस संक्रमितहरु धमाधम थपिन थालेपछि मेलबर्नमा आजैदेखि लागू हुनेगरी आगामी ४५ दिनका लागि लकडाउनको घोषणा गरिएको छ । अष्ट्रेलियामा घोषणा गरिएको यो तेस्रो चरणको लकडाउन हो । मेलबर्नमा विगत तीन सातादेखि कोरोना संक्रमितको संख्या लगातार बढ्दै गएपछि त्यहाँ लकडाउनको घोषणा गरिको हो । मेलबर्नमा कोरोना संक्रमित वढ्रदै गएपछि साबधानी अपनाउन मेलबर्नका रेष्टुराँ, बजार, होटल ब्यबसाय पुन बन्द गरिएको हो । यसअघि कोरोना संक्रमणमा केही हदसम्म कमी आएपछि लकडाउन फुकुवा गरिएको थियो ।