१ सय ४ वर्षकी महिला ! जसले अस्पताल नगई कोरोनालाई जितिन्…

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ अषाढ २९, सोमबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असार २९,काठमाडौँ । इंग्ल्याण्डको केन्टमा १ सय ४ वर्षकी महिलाले कोरोनालाई जितेकी छिन् । १ सय ४ वर्षकी ग्रेस ग्रीनवुडले अस्पलतालमा भर्ना नै नभई कोरोनालाई जितेको बीबीसीको खबरमा उल्लेख छ । उनि गएको तीन हप्तादेखि आफ्नो ओच्छ्यानबाट उठ्न नसक्ने अवस्थामा थिईन्। श्वास फेर्नका लागिसमेत उनलाई समस्या भएको थियो ।

ग्रेसले निक्कै मुश्किल समय बिताएको परिवारका सदस्यले बताएका छन् । परिवारका सदस्य भन्छन्, ‘ग्रिसले जीवनको आधा हिस्सा रोगसँग गुजार्नुभयो, त्यसैले उहाँलाई चुनौतीसँग लड्न हिम्मत मिल्यो, र आफ्नो बृद्ध उमेरका बाबजुत पनि अस्पताल जान परेन र कोरोनालाई जित्न सफल हुनुभयो ।’

लण्डनमा मेक अप आर्टिस्टको रुपमा काम गर्ने उनकी नातिनी क्रिस्टल अपोलोनिया भन्छिन्, ‘केही हप्ता पहिला ग्रिस बिरामी पर्नुभयो । त्यसपछि डाक्टरले कोरोना भएको भनेपछि निक्कै डरायौँ । हामी बसेको ठाउँमा पनि कोरोनाका कारण धेरै जनाको ज्यान गइसकेको थियो ।’

तर अहिले कोरोना पोजेटिभ हुँदैमा आत्तिनु हुँदैन भन्ने लागेको उनी बताउछिन् । बृद्ध उमेरका मानिसले पनि एक्सरसाइज भने नियमित गर्नुपर्ने उनले बताईन् ।

ग्रेसको जन्म म्यान्मारमा भएको थियो । उनी केही वर्ष भारतमा काम गरेर इङ्ल्याण्ड गएकी थिईन् ।

ताजा अपडेट

खोजी गर्नुहोस