साउन ३, काठमाडौँ । अमेरिकामा कोरोनाको कहर अझै रोकिएको छैन । कोरोनाबाट मृत्यु हुनेको संख्या तुलनात्मक रुपमा घटेपनि सामाजिक दूरी कायम नहुदा संक्रमितको संख्या भने बढिनै रहेको देखिएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ९६८ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ४१ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख ४१ हजार ९७६ पुगेको छ ।
त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ८३ हजार ८० जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या ३७ लाख ६६ हजार ६०५ पुगेको छ ।
त्यस्तै अमेरिकामा अहिलेसम्म १७ लाख ३३ हजार ८४७ जना ठिक भएका छन् भने सक्रिय संक्रमित १८ लाख ९० हजार ७८२ जना रहेका छन् । त्यस्तै अमेरिकामा अहिले १६ हजार ४७१ जना आइसीयुमा उपचारत रहेका छन् ।
अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ । न्युयोर्कमा ३२ हजार ५३४ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ४ लाख ३२ हजार ४१० जना संक्रमित भएका छन् ।
त्यस्तै न्यूजर्सीमा १५ हजार ७५६ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ८२ हजार ८०४ जना संक्रमित भएका छन् । त्यस्तै मसाचुसेट्समा ८ हजार ४०२ जनाको ज्यान गएको छ ।
त्यस्तैगरि इलिनियोइसमा ७ हजार ४६५, त्यस्तै क्यालिफोर्नियामा ७ हजार ५५०, पेन्सिलभेनियामा ७ हजार ६८, मिचिगनमा ६ हजार ३५५, फ्लोरिडामा ४ हजार ८०५, कोनेक्टीकटमा ४ हजार ३९६, टेक्सासमा ३ हजार ९०५, लुसियानामा ३ हजार ५११ जना, मेरिल्याण्डमा ३ हजार ३५९, जर्जियामा ३ हजार १३२, ओहियो ३ हजार ११९, इन्डियानामा २ हजार ८०३ र एरिजोनामा २ हजार ५८३ जनाको मृत्यु भएको छ ।