भारतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै ४० हजारभन्दा बढी कोरोना संक्रमित

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ श्रावण ५, सोमबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

साउन ५, काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा सोमबार यो समाचार तयार पार्दासम्म एकै दिन हिलेसम्मकै सर्वाधिक ४० हजार २४३ जना संक्रमित भएका छन् । यसअघि आइतबार त्यहाँ ३७ हजार ४०७ जना संक्रमित भएका थिए ।

संक्रमण फैलिएको ६ महिनाभन्दा बढीको यो समयमा भारतमा यो समाचार तयार पार्दासम्म संक्रमित संख्या ११ लाख १८ हजार १०७ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । अहिलेसम्म संक्रमितमध्ये ७ लाख ३९९ जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ९० हजार २०५ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६७५ जनाको मृत्यु भएपछि सोमबार बिहानसम्म ज्यान गुमाउनेको २७ हजार ५०३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस