साउन ११, काठमाडौं । विश्वमा झण्डै एक करोड कोरोना भाइरस संक्रमित कोरोनामुक्त भएका छन् । वल्डोमिटर्सको तथ्यांक अनुसार ९९ लाख एक हजार ९६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन्। र, हाल विश्वमा ५६ लाख ३६ हजार ७४१ सक्रिय संक्रमित छन् । यीमध्ये ६६ हजार २०९ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको वल्डोमिटर्सले उल्लेख गरेको छ ।
विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ६१ लाख ८५ हजार ३२४ पुगेको छ । अहिलेसम्म ६ लाख ४७ हजार ५१५ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ५३ हजार ८७९ जना संक्रमित थपिँदा पाँच हजार ६३० जनाको मृत्यु भएको छ। संक्रमण र मृत्यु दर सबैभन्दा धेरै, अमेरिकामा उच्च छ । अमेरिकामा हालसम्म ४३ लाख १२ हजार २८८ जना संक्रमित भएका छन् भने एक लाख ४९ हजार ३४० जनाको मृत्यु भएको छ ।