रुसमा कोरोनाभाइरस विरुद्धको खोप उत्पादन शुरु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ श्रावण ३२, आईतबार (४ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

साउन ३२, काठमाण्डौ । रुसले कोरोनाभाइरस विरुद्धको खोप उत्पादन शुरु गरेको छ । यो महिनाको अन्तिममा खोप लगाउन शुरु गर्ने गरी उत्पादन थालिएको रुसको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ । गएको मंगलबार रुसले यो खोप मानिसमा परीक्षण गरेको थियो ।

खोपको विश्वसनियतामा प्रश्न नउठोस् भनेर राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नै छोरीमा खोपको परीक्षण गरेका थिए । राष्ट्रपति पुटिनले खोपले परीक्षणसम्बन्धी आवश्यक सबै विधिहरू पूरा गरेको बताए । रुसले बनाएको खोपलाई लिएर अमेरिका र युरोपमा प्रश्नहरू उठिरहे पनि केहि देश भने सकारात्मक छन् । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टे आफैले रुसी खोपको परीक्षण गर्ने बताए भने इजरायलले पनि खोप खरिदको सम्झौता गर्ने जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस