भाद्र ६, काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित दिनानुदिन बढिरहेका छन् । तीन दिनमा झण्डै दुई लाख आठ हजार कोरोनाका संक्रमित थपिएका छन् । शुक्रबार ६९ हजार २८ जना, बिहीबार ६८ हजार ५०७ तथा बुधबार अहिलेसम्मकै सबैभन्दा बढी ६९ हजार १९६ जना संक्रमित थपिएका थिए । त्यस्तै निको हुनेमा शुक्रबार रेकर्ड बनेको छ । शुक्रबार एकैदिन ६२ हजार ८५८ जना संक्रमितलाई निको भएको छ । यो अहिलेसम्मकै रेकर्ड हो ।
यसअघि बिहीबार त्यो दिनसम्मको सबैभन्दा बढी ६१ हजार ८७३ जनालाई निको भएको थियो । त्यस्तै बुधबार त्यो दिनसम्मको सबैभन्दा बढी ५९ हजार ३६५ जनालाई निको भएको थियो । अहिलेसम्म २९ लाख ७३ हजार ३६८ जना संक्रमित भएका छन् । सक्रिय संक्रमित ६ लाख ९६ हजार ९९ पुगेका छन् । निको हुनेको संख्या २२ लाख २० हजार ७९९ पुगेको छ । शुक्रबार ९५३ जनाको ज्यान गएको छ । बिहीबार ९८१ जनाको तथा बुधबार ९७९ जनाको ज्यान गएको थिथो । अहिलेसम्म ज्यान जानेको संख्या ५५ हजार ९२८ पुगेको छ । सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा २१ हजार ६९८, तमिलनाडुमा ६ हजार ३४०, आन्ध्रप्रदेशमा ३ हजार ९२, कर्नाटकमा ४ हजार ५२२ जनाको ज्यान गएको छ ।