भाद्र १२, काठमाण्डौ । भारतमा कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या बिहीबार ६१ हजार नाघेको छ । बिहीबार एकैदिन संक्रमणबाट १ हजार ६५ जनाको मृत्यु भएसँगै त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६१ हजार ६ सय ९४ पुगेको छ । बिहीबार त्यहाँ ७६ हजार ८ सय २६ जना नयाँ संक्रमित भेटिएका छन्। यससँगै कुल संक्रमितको संख्या ३३ लाख ८४ हजार ५ सय ७५ पुगेको छ । जसमध्ये हालसम्म २५ लाख ८३ हजार ६३ जना संक्रमणमुक्त भइसकेका छन् ।
अब ७ लाख ३९ हजार ८ सय १८ जना सक्रिय संक्रमितको आइसोलेसनमा उपचार चलिरहेको छ । तीमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर छ । उता, संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा हालसम्म कोरोनाका कारण १ लाख ८४ हजार ७ सय ७८ जनाको मृत्यु भइसकेको छ। बिहीबार मात्र त्यहाँ १ हजार १ सय २५ जनाको मृत्यु भएको थियो। त्यहाँ २५ लाख १५ हजार ६ सय ६८ जना सक्रिय संक्रमित उपचाररत छन् । हिजो अमेरिकामा ४५ हजार ६ सय ९९ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै, संक्रमणबाट दोस्रो बढी प्रभावित मुलुक ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख १८ हजार ७ सय २६ पुगेको छ । हिजो त्यहाँ ९ सय ७० जनाको संक्रमणबाट ज्यान गएको थियो ।