अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ६१ लाख नजिक

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ भाद्र १३, शनिबार (४ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

भाद्र १३, काठमाडौं । कोरोना संक्रमणको सबैभन्दा बढी मारमा परेको अमेरिकामा सङ्क्रमितको संख्या ६१ लाख नजिक पुगेको छ । वर्ल्ड मिटरमा उपलब्ध आज विहान ६ बजेसम्मको विवरणअनुसार त्यहाँ कोरोद्दा संक्रमितको संख्या ६० लाख ९४ हजार ३२७ पुगिसकेको छ । सङ्क्रमितमध्ये १ लाख ८५ हजार ८७० जनाको मृत्यु भएको छ भने ३३ लाख ७१ हजार १८६ जना सङ्क्रमणमुक्त भइसकेका छन् । अमेरिकापछि सबैभन्दा धेरै प्रभावति देखिएको ब्राजिलमा सङ्क्रमितको संख्या ३८ लाख १२ हजार ६०५ पुगेको छ । ब्राजिलमा १ लाख १९ हजार ५९४ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । करिब पौने तीस लाख मानिस उपचारपछि निको भएका छन् ।

वर्ल्ड मिटरको पछिल्लो अपडेटअनुसार विश्वभर कोरोना सङ्क्रमितको संख्या २ करोड ४८ लाख ८८ हजार १४ पुगेको छ । जसमध्ये ८ लाख ४० हजार ४२८ जनाको मृत्यु भइसकेको छ। १ करोड ७२ लाख ७६ हजारभन्दा बढी निको भइसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस