भाद्र २१, काठमाण्डौ । बङ्गलादेशको मस्जिदमा भएको ‘शङ्कास्पद ग्यास विस्फोट’ मा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको प्रहरी तथा स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उक्त घटनामा परी दर्जनौँ इस्लाम धर्मावलम्बीहरू सख्त घाइते भएका छन् ।
नारायणगञ्जको मध्यक्षेत्रमा रहेको उक्त मस्जिदमा शुक्रबार साँझ इस्लाम धर्मावलम्बीहरूले प्रार्थना गरिरहेका समय एक्कासी विस्फोट हुँदा त्यहाँबाट आगोको ठूलो ज्वाला निस्केको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।