विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ आश्विन २, शुक्रबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

असोज २,काठमाण्डौ । विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ । पछिल्लो तथ्यांकअुनसार संक्रमितको संख्या ३ करोड १९ हजार ७ सय ६३ पुगेको हो । हालसम्म कोरोना संक्रमणबाट ९ लाख ४३ हजार ५ सय १५ जनाको मृत्यु भइसकेको छ भने २ करोड ४१ लाख ६ हजार १ सय ३ जना निको भसकेका छन् ।

अमेरिकामा संक्रमितको संख्या ६६ लाख ७० हजार ४ सय ९६ पुगेको छ भने १ लाख ९७ हजार ५ सय ८९ जनाको मृत्यु भइसकेको छ । यस्तै, भारतमा ५१ लाख १८ हजार २ सय ५३ संक्रमित र ८३ हजार १ सय ९८ को मृत्यु भएको छ भने ब्राजिलमा ४४ लाख १९ हजार ८३ संक्रमित र १ लाख ३४ हजार १ सय ६ जनाको मृत्यु भएको छ । यस्तै, मेक्सिकोमा ६ लाख ८० हजार ९ सय ३१ जना संक्रमित भएका छन् भने ७१ हजार ९ सय७८ जनाको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस