कोरोना संक्रमणपछि अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ आश्विन १७, शनिबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज १७, काठमाण्डौ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ संक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल लगिएको छ । शुक्रबार दिउँसो कोरोना पुष्टि भएपछि उनलाई अस्पताल लगिएको हो । ह्वाइट हाउसले विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य सावधानीको लागि उनलाई अस्पताल लगिएको जनाएको छ । अहिले ट्रम्प वाल्टर रीड नेशनल मिलिट्री मेडिकल सेन्टरमा छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार कोरोना संक्रमण पुष्टि भएका ट्रम्पमा लक्षणसमेत देखिन थालेको छ ।

अहिले उनलाई हल्का ज्वरो आउनुका साथै थकान पनि धेरै महसुस हुन थालेको सीएनएनले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति चुनाव हुन एक महिना मात्र बाँकी रहेका बेला उनलाई कोरोना पुष्टि भएको हो । राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालको लागि राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीका जो बाइडेनसँग प्रतिस्पर्धा गर्दैछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस