असोज १७, काठमाण्डौ । श्रीलंकामा तिब्र रुपमा फैलिएको मुसे ज्वरोबाट ७० जनाको मृत्यु भइसकेको छ । साथै ६ हजार भन्दा धेरै यसबाट ग्रसित छन् । स्वास्थ्य मन्त्रालय सरुवा रोग नियन्त्रण एकाइका अनुसा हालसम्म रत्नपुरा क्षेत्रमा सबैभन्दा बढी संक्रमण देखिएको छ । जहाँ एक हजार ३ सय भन्दा बढी बिरामी देखिए । राजधानी कोलम्बो नजिकैको ठाउँ कलुतारामा २ सय भन्दा धेरै बिरामी भेटिए । यस्तै दक्षिणी शहर गलमा पनि २ सय भन्दा बढी यस ज्वरोबाट ग्रसित भएका छन् ।
२०१९ देखि नै सुरु भएको मुसे ज्वरोबाट अहिले पनि बिरामी हुने क्रम रोकिएको छैन । यसबाट ग्रामिण तथा कृषि पेशामा संलग्नहरुमा बढी असर देखिएको बताइएको छ ।