भारतमा थप ७२ हजारमा संक्रमण

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ आश्विन २१, बुधबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज २१, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ७२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७२ हजार १०६ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ६७ लाख ५४ हजार १७९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५७ लाख ४१ हजार २५३ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ८ हजार ३३५ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४ हजार ५९१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९९१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस