२४ घण्टामा विश्वमा ८ हजार कोरोना संक्रमितको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ आश्विन २५, आईतबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असोज २५, काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ८ हजार ५७५ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म विश्वमा १० लाख ६४ हजार ८३८ संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ८३ हजार ३५९ संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । हालसम्म विश्वमा ३ करोड ६७ लाख ५४ हजार ३९५ जनामा कोरोना संक्रमण देखिसकेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस